काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।
शिक्षा पत्रकार समूहले सोमबार आयोजना गरेको ‘शिक्षाबारे भर्चुअल संवाद’मा बोल्दै बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजाका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको जानकारी दिए ।
बोर्डले २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम गरिरहेको र यसै साता नतिजा प्रकाशनको तयारी गरेको उनले बताए ।
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीको एसइईको नतिजा प्रकाशित हुँदै छ । कोभिड १९ को महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा उनीहरुको परीक्षा स्थगित गरिएको थियो ।
परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।