राखेप सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाल, उपाध्यक्षमा शिव कोइराला नियुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । 

यसअघि पनि उनी नै राखेपको सदस्यसचिव थिए । केशवकुमार विष्टको कार्यकाल गत वर्ष असार ९ गते सकिएपछि सिलवाल सदस्यसचिवमा नियुक्त भएका थिए ।पछिल्लोपटक सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषद्ले सिलवाललाई छनोट गरेको हो ।

सिफारिस समितिले सदस्यसचिवका लागि सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । 

यसै वर्षको असारमा नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनको कार्यकाल एक वर्ष नबित्दै सकिएको थियो ।

साथै मन्त्रिपरिषद्‌ले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १९:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया