कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ५० हजारभन्दा बढी

विश्वभर अब कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ५० हजार पुगेको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार विश्वभर कोरोनाका कारण ६ लाख ५० हजारभन्दा धेरैले ज्यान गुमाएका हुन् । जोन हप्किङ्स विश्वविद्यालयको पछिल्लो तथ्यांकमा पनि यही उल्लेख गरिएको छ । 

अब विश्वभर कोरोनाभाइरस संक्रमित चाहिँ १ करोड ६३ लाखभन्दा बढी भएका छन् । यसमा सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । 

अमेरिकामा ४२ लाख ५९ हजार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने एक लाख ४७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार २३:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया