चीन, पाकिस्तान, अफगानिस्तान र नेपालका विदेशमन्त्रीको छलफल, भारत सशंकित

सोमबार चीन, पाकिस्तान, अफगानिस्तानका विदेशमन्त्रीहरुसँग छलफलमा नेपाल पनि जोडिएपछि भारत सशंकित बनेको छ । यसलाई भारतीय मिडियाहरुले चीनको षडयन्त्रका रुपमा समेत व्याख्या गर्न थालेका छन् । 

सोमबार कोभिड १९ महामारीबारे यी चार देशका परराष्ट्रमन्त्रीहरुले छलफल गरेका थिए ।

अब भारतीय मिडियामा यो छलफलबारे लेख्न थालिएको छ, ‘यो बैठकमा चिनियाँ विदेशमन्त्री वांग यीले नेपाल र अफगानिस्तान पनि पाकिस्तान जस्तै बन्नु पर्ने धारणा यसमा राखेका थिए ।’

भारतीय मिडियाले यो बैठकमा चिनियाँ विदेशमन्त्रीले अब चार देश मिलेर अर्थतन्त्रलाई अगाडि बढाउनु पर्ने र सुधार गर्नुपर्ने बताएको दाबी गरेका छन् । 

भारतीय मिडिया लाइभहिन्दुस्तानमा आएको समाचारमा यसलाई चीनको नयाँ चाल भनिएको छ र यसबारे भारतले सुक्ष्मरुपमा हेरिरहेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार ४:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया