नेकपा स्थायी समिति बैठक ११ बजे बस्ने तयारी
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने तयारी भएको छ । १० असारदेखि जारी स्थायी समिति बैठकमा दुई अध्यक्षबीच बिवाद बढ्दै गएपछि बैठक बस्न सकिरहेको छैन ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने कुरा अगाडी आएपछि अहिले नेकपाको विवाद उत्कर्षमा पुगेको छ । नेकपाको पछिल्लो बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि अघिल्लो बैठक स्थगित गरिएको थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका अन्य नेताहरुले अब पनि प्रधानमन्त्री सहमतिमा नआए बैठकबाट बहुमतका आधारमा निर्णय प्रक्रियामा जानेगरी अगाडि बढेको बताइएको छ ।

अध्यक्ष प्रचण्ड–नेपाल सहितको सोमबार बसेको अनौपचारिक छलफलले अध्यक्ष ओली बैठकमा नआए बहुमतका आधारमा भए पनि निर्णय गरेर बैठक अगाडि बढाउने निष्कर्ष निकालेको थियो । यता ओली पक्ष भने अध्यक्ष प्रचण्डसँग छलफल गरेर सहमति गरेपछि मात्र बैठक अगाडि बढाउने मनस्थितिमा रहेको बुझिएको छ ।
 





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १०:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया