नेकपा स्थायी समितिको बैठक फेरि स्थगित
फाइल तस्बिर

आज ११ बजे बस्ने तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही समयअघि ट्विट गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच परामर्श र गृहकार्य रहेकाले सचिवालयको बैठकको निर्णयबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित भएको प्रेस संयोजक थापाको भनाइ छ ।

‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले 
पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक  स्थगित गरिएको छ’, उनले लेखेका छन् ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा दुई अध्यक्षबीच बिवाद बढ्दै गएपछि बैठक तय भए पनि पटक–पटक स्थगित भइरहेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने कुरा अगाडि आएपछि अहिले नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

 
 





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १०:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया