चीनका नौ सहरमा फैलियो कोरोना, अधिकारीहरु चिन्तित

चीनको पूर्वमा रहेको सहर दालियनमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै अब चीनमा कोरोनाभाइरस संक्रमित नयाँ सहरहरुमा पनि भेटिन थालेका छन् । 

समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरुले अब फेरि चीनका विभिन्न ठाउँमा लकडाउन लगाउन सिफारिस गरेका छन् । 

विश्व महामारी बनेको कोरोनाभाइरस पहिलोपटक चीनको वुहान सहरमा भेटिएको थियो । तर, त्यहाँ लकडाउनको माध्यमबाट चीनले त्यसलाई नियन्त्रणमा लिएको थियो ।

तर, फेरि पछिल्लो समय चीनमा विभिन्न ठाउँमा कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । 

मंगलबार मात्र चीनमा ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो अप्रिलपछि एकै दिन चीनमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

यीमध्ये ५७ जना त शिन्जियाङ प्रान्तकै भएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया