पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादले नराम्रो मोड लिने नेकपाकै नेताहरुले अनुमान गर्न थालेका छन् ।
नेकपा नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पनि नेकपा छिट्टै दुर्घटनामा पर्ने बताएका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा मंगलबार एउटा स्टाटस लेखेका छन्– दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
केही दिनअघि मात्र केपी शर्मा ओलीले योगेश भट्टराईसँग भेटघाट गरेर पछिल्ला विषयमा छलफल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।