बालुवाटार बैठक सकियो, सहमति खोज्ने जिम्मा प्रचण्डलाई

काठमाडौं– नेकपा नेताहरुको बालुवाटार बैठक सकिएको छ । आजको बैठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति खोज्ने जिम्मा दिएको छ । 

बैठकबाट बाहिरिँदै​ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सहमति भएपछि मात्रै स्थायी कमिटीको बैठक बोलाइने बताए ।

‘आजको बैठक सकिएको छ । अध्यक्षद्वयबीचमा सहमति खोज्ने जिम्मा अध्यक्ष प्रचण्डलाइ दिएका छौँ,’ बैठकबाट बाहिरिँदै प्रवक्ता श्रेष्ठले भने, ‘सहमति खोज्न जिम्मा दिएका छौँ, अब ओली–प्रचण्डजीबीच छलफल भएपछि मात्रै अर्को बैठकको मिति तय हुनेछ ।’





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १६:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया