वामदेव भेट्न भैँसेपाटी पुगे ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । 

नेकपाभित्रको विवाद समाधानका लागि भन्दै गौतमले ६ सूत्रीय बुँदा सार्वजनिक गरेका थिए । 

गौतमको निवासमा मंगलबार साँझ पुगेका प्रधानमन्त्रीले गौतमसँग आगामी महाधिवेशनमा सहकार्यका लागि प्रस्ताव गर्ने अनुमान गरिएको छ । 

ओलीले गौतमलाई ‘भावी अध्यक्ष’ बनाउने आश्वासन दिएको चर्चा छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार २०:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया