दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण बुधबार विहान घरमाथिबाट आएको पहिरोले पुरिँदा दाङको बङ्गलाचुली गाउँपालिकामा २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्माको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गए राति ३ बजेतिर घरमाथिबाट एउटा कान्ला खस्दा उनीहरुको घर नै पुरेको थियो ।
पहिरोले आधा घर पुरेको थियो । घरमा अन्य सदस्य भने घरको नपुरिएको भागमा भएकाले सकुशल भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।