राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १२:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया