लगातारको वर्षाले  धनगढीका अधिकांश क्षेत्र जलमग्न
फरकधार / १४ साउन, २०७७

गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । 

धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नम्बर–३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।

 

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न भएको धनगढी–३ का गणेशप्रसाद भट्टले बताए । 

 

उनले भने, ‘उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।’ 

 

वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । 

 

धनगढी उपमहानगरपालिका–२ दीप टोलका सुमन थापाले गए राति अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा कतिपय स्थानीयवासीका घरभित्र पानी पसेर रातभरि जाग्राम बस्नुपरेको दुखेसो उनीहरुको छ ।
 

  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १५:१५:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया