विध म्यानेजमेन्ट कम्पनीले सरकारले तोकेभन्दा १ हजार रुपैयाँ सस्तोमा पिसिआर परीक्षण गर्ने

काठमाडौं–  विध म्यानेजमेन्ट कम्पनीले सरकारले तोकेभन्दा १ हजार रुपैयाँ सस्तोमा पिसिआर परीक्षण गर्ने भएको छ । कम्पनीले कोभिड १९ (कोरोना भाइरस)को पिसिआर परीक्षणका लागि अनुमति पाएसँगै सो घोषणा गरेको हो । 

दैनिक ४ हजारभन्दा बढी नमुनाको पिसिआर परीक्षण गर्ने लक्ष्य लिएको कम्पनीले साउन १५ गते बिहीबारबाट परीक्षण सुरु हुने जनाएको छ । 

कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै दैनिक ४ हजारभन्दा बढी नमुनाको पिसिआर परीक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । सरकारले ५ हजार ५ सय रूपैयाँमा पिसिआर परीक्षण गर्न विभिन्न अस्पताललाई अनुमति दिएको छ । तर, विध कम्पनीले ४ हजार ५ सय रूपैयाँमा नै परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जनाएको छ । 





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार २०:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया