पार्टीको अनुशासन समितिको नियत र कार्यक्षमतामाथि कांग्रेसका वरिष्ठ नेता पौडेलले उठाए प्रश्न

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन् । उनले आज समाजिक सञ्जाल ट्विटरमामार्फत प्रश्न उठाएका हुन् ।

नेता पौडेलले बागी उमेद्वार, उमेद्वारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् । 

उनले विगत निर्वाचनमा पार्टीका आधिकारिक उमेद्वारविरुद्ध उमेद्वारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्काशित गर्दा तनहुँ क्षेत्र नं १ मा बागी उम्मेद्वारलाई कारवाही नगरेकोमासमेत असन्तुष्टि जनाएका छन् । 

उनले तनहुँ क्षेत्र नम्बर १ मा वागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सिटिङ्ग संसद तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्ने गरी कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।

‘विगत  निर्वाचनमा पार्टीका आधिकारिक उमेद्वारविरुद्ध  उमेदवारी दिने ३२ जना उमेद्वार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्काशित गयो । ‘तर, तनहुँ क्षेत्र नं १ मा वागी उम्मेदवारी दिने व्यक्तिलाई कारवाही गरिएन’, उनले लेखेका छन्, ‘अहिले आएर सिटिङ्ग संसदको उम्मेदवारी खेसिएका कैलालीका पुस्कर ओझालाई  स्पष्ट आधार र कारण बिना नै बागी उमेद्वारसँग जोडेर विधानको दफा ३४ वमोजिम ५ वर्षका लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ ।’





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १३:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया