दरबारमार्ग वृत्तका डिएसपी रन्जन दाहाल हटाइए

काठमाडौं– कमलादीमा १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर स्कर्पियो गाडीमा त्यसमा सवार मानिस भागेपछि दरबारमार्ग वृत्तका डिएसपी रन्जन दाहाललाई सो वृत्तबाट हटाई प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा तानिएको छ। 

यसअघि प्रहरीले सो घटनाबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको थियो । सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

मंगलबार कमलपोखरीमा चेकजाँचका क्रममा बा६च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेपछि प्रहरीले पिछा गर्दा कमलादीमा १५ केजी पहेंलो धातु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । 

दरबारमार्ग वृत्तका डिएसपी रन्जन दाहालले कमलादी घटको अप्रेसन गरेका थिए । सो घटना रहस्यमय बन्दै गएपछि दाहाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको हो । 





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १८:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया