वीरगन्जका मेयरलाई कोरोनाभाइरस संक्रमण

वीरगन्जका मेयर विजयकुमार सरावगी कोरोनाभाइरस (कोभिड १९) संक्रमित पाइएका छन् । उनलाई काठमाडौंमा बिहीबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको काठमाडौंमा नै कोरोनाभाइरस परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वयं सरावगीले फेसबुक स्टाटसमा लेखेका छन् ।

‘वीरगन्जमा कोरोनाभाइरस संक्रमण अब समुदाय स्तरमा फैलिइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको सेवामा लाग्दालाग्दै म स्वयं कोरोनाभाइरस संक्रमणको चपेटामा परेको छु ।’

उनले अहिले आफ्नो काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार ४:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया