कोरोनाभाइरस (कोभिड १९) का कारण नेपालमा थप दुई जनाको निधन भएको छ । बिहीबार वीरगन्जमा थप दुई जनाको निधन भएसँगै नेपालमा अब कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
बिहीबार वीरगन्जमा ३५ र ६५ वर्षका पुरुषको निधन भएको हो ।
यीमध्ये ३५ वर्षका युवाको गण्डक कोरोना अस्पतालमा उपचार भइरहेको थियो । ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए । स्वाब परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका कारण ज्यान गुमाएका ६५ वर्षीय पुरुषको चाहिँ घरमा नै निधन भएको हो । उनको घरमा मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।