कोरोनाभाइरस (कोभिड १९) का कारण वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ । जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षका सिइओको कोरोनाभाइरसका कारण बिहीबार राति निधन भएको हो ।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा उनको बिहीबार राति निधन भएको हो । कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहले फरकधारलाई दिएको जनाकारी अनुसार उनी लामो समय देखि मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
उनको केही समयअघि मुटुको बाइपास सर्जरी पनि गरिएको थियो ।
कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै उनी ७ साउनमा अस्पताल भर्ना भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।