उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण

प्रदेश २ मा थप एक न्यायाधीशमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । उच्च अदालतका ५० वर्षीय न्यायधीशमा कोरोना संक्रमण पुष्टि भएसँगै जनकपुरमा दुई न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१३ साउनमा त्यहाँको उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरि जाँच गरिएको थियो । तीमध्ये न्यायधीशको मात्र कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि उच्च अदालत जनकपुरधामका अर्का ५८ वर्षीय न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार ९:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया