हेडक्‍वार्टरका थप २८ जना प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यो सँगै प्रहरी हेडक्वार्टरमा ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । देशभर चाहिँ २ सय ५० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार ११:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया