विराटनगरमा १४ दिने लकडाउन

मोरङ– कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको छ । 

महानगरले शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन लागू गरेको हो । 

शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको छ । 

शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहलाई आवश्यक कदम चाल्न बाटो खोलिदिएपछि महानगरले लकडाउनको घोषणा गरेको हो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १६:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया