काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । शुक्रबारसम्म १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।