सत्याग्रहीहरुसँग भएको सहमति कार्यान्वयन गर : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् । काठमाडौंको वसन्तपुर पुगी थापाले सो अभियानमा पार्टीको तर्फबाट ऐक्यबद्धता समेत प्रकट गरे ।

थापाले सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न जोड दिएका छन् । ‘इनफ इज इनफ’ अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा गरे । 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठूला सहरहरुमा कोरोना संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको भन्दै आलोचना गरे ।

थापासँगै पार्टीका नेताहरु पूर्वमन्त्री विक्रमबहादुर थापा, चन्द्रबहादुर गुरुङ्ग, राजाराम बर्तौलालगायत नेता पनि वसन्तपुर पुगेका थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १८:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया