काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नेपालमा अहिलेसम्मकै धेरै पिसिआर परीक्षण भएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट पिसिआर परीक्षणको दायरा दैनिक १० हजार पुर्याउने बताएका थिए । तर एक महिनापछि मात्र शुक्रबार १० हजार पिसिआर परीक्षण भएको हो ।
बिहीबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । सोही निर्णयानुसार परीक्षणको दायरा बढाइएको हो ।
सरकारले पिसिआर परीक्षणको दायरा घटाउँदै लगेकोमा सर्वत्र आलोचना भएपछि उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङमा राजधानी भित्रिने यात्रुहरुको स्वाब संकलन गर्न सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।