सांसद प्रदिप यादवलाई कोरोना संक्रमण

प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । 

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित यादवले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । उनले आफ्नो पिसिआर जाँचमा कोरोनाभाइरस पोजेटिभ देखिएको र आफू आइसोलेसनमा बस्न थालेको बताएका छन् ।

‘यसबारे मैले पार्टीका नेताहरुलाई पनि जानकारी गराएको छु,’ यादवले भनेका छन्, ‘आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्र प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु ।’

उनले स्वास्थ्यमन्त्रीसँग पनि सम्वाद गरेको बताएका छन् । 

हिजोमात्र वीरगन्जका मेयरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २३:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया