अमेरिकाले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अब चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका छन् । उनले आज नै यो प्रतिबन्ध लगाउने नियममाथि आफूले हस्ताक्षर गर्न लागेको पत्रकारहरुलाई बताएका छन् । 

ट्रम्पले फ्लोरिडाको यात्राबाट फर्किएपछि पत्रकारलाई भनेका छन्, ‘जहाँसम्म टिकटकको प्रसंग हो, हामी यसलाई प्रतिबन्ध लगाउँदै छौँ ।’

यसका लागि आफूले आपत्कालीन आर्थिक अधिकार प्रयोग गर्न लागेको पनि उनले बताएका छन् । 

‘मसँग यो अधिकार छ,’ उनले भने, ‘म यसमाथि शनिबार हस्ताक्षर गर्न गइरहेको छु ।’

अमेरिकी यो कदम टिकटक निर्माता कम्पनी बाइटडान्सका लागि एउटा ठूलो झड्का हुनसक्ने अनुमान गरिएको छ । अमेरिकी सुरक्षा अधिकारीहरुले यो एपका कारण व्यक्तिगत डाटा चोरी भएको हुनसक्ने भन्दै यसअघि बारम्बार चिन्ता व्यक्त गरेका थिए ।

टिकटकलाई यसअघि भारत सरकारले पनि प्रतिबन्ध लगाइसकेको छ ।



बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो । त्यसपछि उसले म्युजिकल्ली नामको एक भिडियो एप पनि खरिद गर्यो जुन अमेरिका र युरोपमा युवाहरुबीच निकै लोकप्रिय थियो ।



  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १०:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया