छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहीबीच भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै एकै दिनमा थपिएका कोरोनाभाइरस संक्रमितको संख्या निकै बढेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा ५७ हजार १ सय १७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अनि यही समयमा त्यहाँ ७ सय ६४ जनाको निधन भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ । यीमध्ये ५ लाख ६५ हजार १ सय ३ जना सक्रिय कोरोना संक्रमित भारतमा रहेका छन् ।
भारतमा कोभिड १९ का कारण ३६ हजार ५ सय ११ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।