नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको छ : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीच सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शनिबार जारी सन्देशमा उहाँले आफू दुई देशबीच निरन्तर विकसित हुँदै आएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् ।

साथै उनले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गरेको बताइएको छ ।

नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १४:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया