मकवानपुरमा यो वर्ष बन्द भए २१९ घरेलु तथा साना उद्योग

मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ ओटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्ष २०७६÷ ७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ ।     
     


हाल मकवानपुरमा खारेज गरिएका बाहेक ८ हजार ७५६ ओटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लामा एक हजार १४४ ओटा उद्योग नवीकरण भएका छन् भने २१३ ओटा उद्योग फर्मको नामसारी भएको छ ।

 

अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने संख्या घटेको छ । कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा १ हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त संख्या घटेर १ हजार २६४ ओटा मात्र दर्ता भएको बताइएको छ ।     


     
कोरोना भाइरसका कारण यस वर्ष २०७६\७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रू.५ लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता संख्या घटेको बताइएको छ । लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ ।     


     
प्राप्त विवरणअनुसार अघिल्लो आवमा रू.१ करोड ७४ लाख ५८ हजार राजस्व संकलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रू.२ करोड २४ लाख ४८ हजार राजस्व संकलन भएको छ ।



 

अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व संकलन बढी भएको थियो । गत वर्ष विशेष छूट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छूट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो ।     




     
गत वर्ष दर्तामध्ये ६४३ जना महिला र ९०८ जना पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ जना महिलाले र ३०० जना  पुरुषले रोजगारी पाएका छन् । 
राष्ट्रिय तथ्यांक विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्यांक कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको बताएको छ ।
 

  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १५:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया