इलाममा थप १७  सशस्त्र प्रहरीमा कोरोना संक्रमण

इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

 

उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । उनले भने ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आयो ।’


यससँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ । संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउँमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १७:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया