भारतीय राज्यसभा सांसद अमर सिंहको निधन भएको छ । पछिल्ला ६ महिनायता सिंगापुरमा उपचाररत उनको शनिबार निधन भएको हो । ६४ वर्षीय सिंहको केही दिनअघि मात्र मृगौला प्रत्यारोपण भएको थियो ।
सन् २०१३ मा पहिलोपटक उनको मिर्गौलामा समस्या देखिएको थियो । उत्तर प्रदेशका समाजवादी पार्टीका प्रभावशाली नेताहरुमध्ये एक सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले शोक व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।