जिल्ला प्रहरी कार्यालय रोल्पाले रुन्टिगढी गाउँपालिका ६ मा कुटपिटबाट एक युवकको मृत्यु भएपछि त्यहाँका १४ युवाहरुलाई पक्राउ गरेको छ ।
स्थानीय युवाहरुले २४ वर्षका ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट फर्किँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गरेका थिए । उनको कुटपिटका कारण मृत्यु भएको थियो ।
उनको मृत्यु भएसँगै स्थानीय युवाहरु भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी पक्राउ परेका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।