काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ८ हजार ८६१ को पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन् ।
अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।