अमिताभ बच्चन कोरोनाभाइरस मुक्त, अस्पतालबाट भए डिस्चार्ज

बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । योसँगै उनी नानावटी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । 

यसअघि अमिताभमा कोरोना संक्रमण देखिएपछि छोरसँगै अस्पतालमा लगिएको थियो । 

अमिताभका फ्यानहरुलाई यो खुसीको खबर उनका छोरा अभिषेक बच्चनले सेयर गरेका हुन् । 

अब अमिताभले घरमै रहेर आरम गर्ने बताइएको छ । 

यसअघि अमिताभकी बुहारी तथा अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याले कोरोना जितेका थिए ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १७:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया