इनफ इज इनफका सत्याग्रही भेटेर पौडेलले भने– युवाका मागको बेवास्ता गर्नु सरकारको चरम लापरबाही

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही कांग्रेस नेताले सत्याग्रहमा रहेका  ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई वसन्तपुर पुगेर भेटेका छन् ।

भेटपछि पौडेलले अनशनरत युवाका मागप्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरबाही भएको बताए । सामान्य तर नागरिकका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुको कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलको भनाइ थियो । 

इनफ इज इनफमा आबद्ध केही युवा क्वारेण्टीन व्यवस्थापन गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायत माग राखेर १६ दिनदेखि अनशनमा छन् ।  कांग्रेस नेताहरुले अभियन्ताहरुलाई भेटेर उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पनि सत्याग्रहीहरुलाई भेटेका थिए । भेटमा उनले सत्याग्रह छाडेर आन्दोलनमा आउन आग्रह गर्दै आफूले पनि आन्दोलनलाई साथ दिने आश्वासन दिएका थिए । 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया