प्रदेश २ मा थपिए १ सय ३८ जनामा कोरोना संक्रमित

जनकपुरधाम– प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आइतबार थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी पर्सामा ७८ जना छन् ।

मन्त्रालयका अनुसार सप्तरीमा ४८, धनुषामा ८, सिरहामा ३ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सामा वीरगन्ज महानगरपालिकामा ६८ जना, ठोरी गाउँपालिकामा १ जना, सखुवा प्रसौनी गाउँपालिकामा ३ जना, वीरगंजको ड्राइ पोर्टका ५ जना र आर्मी क्याम्पका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरीको राजविराज नगरपालिकामा १८ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ४ जना, तिरहूत गाउँपालिकामा १ जना र तिलाठी कोइलाडी गाउँपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा ७ जना र जनकपुरधामकै रामा होटेलमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा बरियारपट्टी गाउँपालिकामा ३ जना र महोत्तरीको जलेश्वर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्‍ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा परीक्षण गरिएकामध्ये एक सय ३८ मा संक्रमण पुष्टि भएको हो । थपिएकासँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६ पुगेको छ भने १९ जनाको मृत्यु भएको छ ।

 प्रदेश २ मा निको हुनेको संख्या ३ हजार १ सय ७३ पुगेको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १९:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया