शंखमुल रुटमा टेम्पो चलाउने चालकलाई कोरोना

काठमाडौं उपत्यकामा सफा टेम्पो चलाउने चालकलाई कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

उनले शंखमुल रुटमा टेम्पो चलाउने गरेको खुलेको छ । केही दिनअघि मात्र सुदूरपश्चिमबाट काठमाडौं आइपुगेका उनले पछिल्ला तीन दिन यो रुटमा टेम्पो चलाएका थिए । 

उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । योसँगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ । विशेषगरि टेम्पो चार्जिङ स्टेसनमा उनको खोजी बढेको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १९:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया