वीरगन्जमा वडाध्यक्षलाई पनि देखियो कोरोना

पछिल्लो समय कोरोनाभाइरसको हटस्पट बनेको प्रदेश २ को वीरगन्जमा आइतबार साँझ थप ३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

यीमध्ये वीरगन्ज महानगरपालिका १२ का वडाध्यक्ष रामदरस कुशवाहा पनि कोरोनाभाइरस संक्रमित पाइएका छन् । 

कुशवाहाले १५ साउनमा परीक्षणका लागि स्वाब दिएका थिए । 

उनलाई ज्वरो आएकाले कोरोना परीक्षण गर्न सुझाव दिइएको थियो । आइतबार थपिएका ३८ कोरोनाभाइरस संक्रमितमा ४ जना महिला रहेका छन् । यीमध्ये ३ जना बाराका हुन् ।

यसअघि वीरगन्जमा मेयरलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यस्तै, पर्साका प्रतिनिधिसभा सांसदलाई पनि यसअघि नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार २२:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया