मेलम्ची बजारमा पहिरो जाँदा आठ बेपत्ता, स्थानीय भन्छन्, ‘जीवितै उद्धार हुने सम्भावना ज्यादै कम छ’

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा नौ जना पुरिएका छन् । जसमध्ये एक जनाको जीवितै उद्धार भएको छ ।

पहिरोमा पुरिएकामध्ये आठ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको स्थानीय दिनेश श्रेष्ठले फरक धारलाई बताए ।

‘हराएका नौ जनामध्ये एकजनाको जीवितै उद्धार भएको छ । अहिले उनी सकुशल छन्’, उनले भने, ‘हराएका आठ जना जीवितै रहन सक्ने सम्भावना अब कमै मात्र छ ।’

मध्यराति २ बजे मेलम्ची बजार (मेलम्ची नगरपालिका –८)मा पहिरो खसेको थियो । पहिरोले एउटा व्यापारिक ट्रष्टसमेत बगाएको छ ।

राति ३ बजेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको स्थानीयवासी श्रेष्ठले बताए । 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ७:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया