विराटनगरमा ७ प्रहरीलाई कोरोना संक्रमण

विराटनगरमा सोमबार विहान १५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यीमध्ये ७ जना प्रहरी रहेका छन् । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालय विराटनगरका सात प्रहरी कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । 

त्यस्तै, त्यहाँको वडा ६ र ७ का अन्य ८ जनामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरु सबै पुरुष हुन् ।

विराटनगरले पनि पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि लकडाउन लगाएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ९:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया