रौतहटमा एक वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको साेमबार विहान निधन भएको हो ।
दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजाँदै गर्दा बाटोमै उनको निधन भएकाे हाे ।
मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। तीन दिन पहिले उनकाे आरडिटी परीक्षण गरिएकाे थियाे । तर रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।
अब उनकाे स्वाब लिएर पिसिआर परीक्षण गरिने भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।