फिलिपिन्समा फेरि एकपटक लकडाउन गरिने

फिलिपिन्सको राजधानी मनिलामा कोरोनाभाइरस संक्रमित थपिन थालेपछि फेरि लकडाउन गर्ने तयारी सुरु भएको छ । त्यहाँ नयाँ संक्रमितलाई क्वारेन्टिनमा राखिन थालेको छ ।

यसअघि पनि त्यहाँ कोरोना संक्रमण बढेपछि लकडाउन गरिएको थियो । 

फिलिपिन्स सरकारलाई मनिलाका चिकित्सकहरुले छिटो लकडाउन गर्न र प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अन्यथा अवस्था भयावह हुने बताइएको छ ।

योसँगै अब त्यहाँको सरकारले नयाँ निर्णय गर्ने बताइएको छ । 

यो प्रतिबन्ध मंगलबारबाट लागु हुने बताइएको छ । फिलिपिन्स सरकारले कोरोनाभाइरससँग लड्न १० हजार नयाँ स्वास्थ्यकर्मी लिने योजना बनाएको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १३:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया