सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ महिला र १४ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको उनको भनाइ छ । थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना, कञ्चनपुरका ७ जना रहेका छन् ।
हालसम्म सो अस्पतालमा १७ हजार ६९६ जनाको कोरोना परीक्षण भएकोमा १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।