‘जनताको सम्पत्ति सुरक्षा गर्नु हाम्रो दायित्व’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने दायित्व भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । 

मन्त्रालयले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै अर्यालले कर्मचारीलाई त्यस्तो निर्देशन दिएकी हुन् । ‘‘जनताको सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा रहको छ’’, मन्त्री अर्यालले भनिन्, ‘‘तपाईंहरू प्रविधि मैत्री बन्दै जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’’

मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको बताउँदै अर्यालले आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको बताइन् । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता लगायतका महत्त्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहीन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने पनि बताइन् । 

प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामुखी कार्यमा लाग्न आग्रह गर्दै मन्त्री अर्यालले बनाएको तालिकाअनुसार समयमै काम पूरा गर्ने कार्यमा अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएकी हुन् । 

कोरोना महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतिमा तात्विक फरक नहुनु भनेको महत्त्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको दाबी थियो ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १७:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया