मोरङमा कोभिड १९ बाट मृत्यु भएकाबाट २२ जनालाई संक्रमण

मोरङको रंगेली नगरपालिकामा कोरोनाभाइरसबाट मृत्यु भएका एक व्यक्तिबाट २२ जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

यीमध्ये १४ जना त्यहाँका स्थानीय हुन् । अन्य पाँच जना विद्युत् प्राधिकरण र तीन जना जिल्ला अस्पतालका कर्मचारी हुन् । अस्पातलका दुई प्राविधिक र एक सहयोगीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

बुधबार त्यहाँ ४५ वर्षका एक पुरुषले कोरोनाभाइरसका कारण ज्यान गुमाएका थिए ।

उनको सम्पर्कमा आएका २२ जनामा संक्रमण भएको हो । उनको सम्पर्कमा आएका १ सय ५६ जनाको कोरोनाभाइरस परीक्षण गरिएको थियो ।





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार २१:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया