भारतले दुई दिनका लागि श्रीनगरमा कर्फ्यू लगाएको छ । जम्मुकश्मिरको विशेष राज्यको दर्जा अन्त्य भएको पहिलो वर्षगाँठको सन्दर्भमा त्यहाँ प्रशासनविरुद्ध व्यापक विरोध हुने अनुमान गर्दै भारतले कर्फ्यू लगाएको हो ।
योसँगै श्रीनगरमा अब ४ र ५ अगस्टमा कर्फ्यू लाग्ने भएको छ । यो समयमा स्वास्थ्य सामाग्री बोकेकाबाहेक अन्य साधनहरुलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको छ ।
गत वर्ष भारत सरकारले संविधानको अनुच्छेद ३७० निष्प्रभावी गर्दै जम्मुकश्मिरको विशेष राज्यको दर्जा अन्त्य गरेको थियो ।
यसका साथसाथै जम्मु कश्मिरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएको थियो ।
उता, पाकिस्तानले यसको विरोध गरेको छ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले अघिल्लो वर्ष ५ अगस्टमा गरेको यो निर्णयको विरोध गरेका छन् । कुरैशीले भारतले कश्मिरको फैसलालाई स्वीकार नगरेको र पाकिस्तानको अन्तिम लक्ष्य नै श्रीनगरलाई स्वतन्त्र बनाउनु भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।