के फेरि लकडाउन होला ? आज विज्ञसँग वार्ता गरेर टुङ्ग्याउँदैछन् प्रधानमन्त्री ओलीले

पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमित र कोभिड १९ का कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । कोरोना जोखिम थप बढेपछि नेपालमा फेरि लकडाउन लगाउन सकिने अनुमान पनि बाहिर आउन थालेको छ । 

यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिनिधिलाई बोलाएका छन् ।

उनले यो विज्ञहरुसँगको छलफलपछि नेपालमा फेरि लकडाउन गर्ने या नगर्नेबारे निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

‘लगातार कोरोना संक्रमित बढिरहँदा प्रधानमन्त्री ओली चिन्तित हुनुहुन्छ, यसको जोखिम न्यूनिकरणका लागि उहाँले केही विज्ञहरुलाई बोलाउनु भएको छ,’ बालुवाटार स्रोतले फरकधारसँग भन्यो, ‘लकडाउन गर्ने या नगर्नेबारे यही छलफलले पनि निर्णय गर्न सक्नेछ ।’

यसअघि सरकारले विभिन्न कोरोनाभाइरस संक्रमित बढी भएको स्थानलाई सिल गर्ने र त्यहाँ लकडाउन गर्ने तयारी गरेको पनि बुझिएको थियो । 

नेपालमा शुक्रबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । कोभिड १९ का कारण नेपालमा ५७ जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ८:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया