कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ९७ हजार नाघ्यो

कोरोनाका कारण विश्वमा ६ लाख ९७ हजार २ सय ८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
संगठनका अनुसार मङ्गलबारसम्म विश्वभरिमा १ करोड ८४ लाख ५० हजार ८ सय ३७ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ। 

संक्रमितमध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९ सय ६० व्यक्ति कोरोना मुक्त भएका छन् ।  कोरोना संक्रमित ६० लाख ७१ हजार ५ सय ९६ जनाको  उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये ६४ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । डब्ल्यूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोनाका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९ सय ३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८ सय ३५ जना कोरोना संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७ सय ५९ जना कोरोना संक्रमति रहेका छन् । यहाँ २ लाख २३ हजार १ सय ५ जनाको मृत्यु भएको छ । 

युरोपमा २९ लाख २४ हजार ९ सय ४४ जना कोरोना संक्रमित रहेका छन् भने २ लाख ४ हजार ६४ को मृत्यु भएको छ । एसिया ४५ लाख २९ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ७२ हजार २ सय ८७ जनामा कोरोना संक्रमण रहेको छ भने २० हजार ६ सय ७१ जनाको मृत्यु भएको छ ।  ओसियानामा २० हजार ५ सय १७ जनामा कोरोना संक्रमण रहेको छ भने २ सय ५७ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १३:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया