झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा कोरोना भाइरसको नमूना परीक्षण तथा संक्रमितको उपचार सुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पिसिआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले अस्पतालमा दुईओटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।
सोमबारदेखि संक्रमितको उपचार र पिसिआर प्रयोगशालामा नमूना परीक्षण भइरहेको अस्पताल विकास समितिले जनाएको छ । समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो ।
प्रयोगशालामा भइरहेको कोरोना भाइरसको परीक्षण नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालले जनाएको छ ।
सोमवार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच संक्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।